वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व षष्ठी - ६
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड
शाखा कार्यालय
पोखरा औद्योगिक क्षेत्र
परिचय
देशलाई आर्थिकरुपमा सबल बनाउन तथा रोजगारी सृजना गर्न, औद्योगिकरण एक उपयुक्त माध्यम हुनसक्ने भएकोले उद्योगहरू स्थापनार्थ निष्चित स्थान तोकी उद्योग सञ्चालनका लागि अत्यावश्यक भौतिक पुर्वाधारहरू जस्तै: विकसित जमिन, औद्योगिक भवन, सडक ढल, विद्युत, पानी तथा अन्य सुविधाहरू जस्तै: दिवा शिशुस्याहार, चमेनागृह, प्राथमिक उपचारकालागि क्लिनिक, सुरक्षा व्यवस्था आदि जस्ता सेवाहरु एकै ठाउंमा उपलव्ध गराउने उद्देश्य राखी पोखरा औद्योगिक क्षेत्रको स्थापना वि.सं.२०३१ साल असोज १६ गते नेपाल सरकारको लगानीमा भएको हो । सरकारीस्तरबाट स्थापित अन्य औद्योगिक क्षेत्रहरु जस्तै यो औद्योगिक क्षेत्र पनि साविकमा नेपाल सरकारको प्रत्यक्ष नियन्त्रण एवं व्यवस्थापनमा संचालन भई रहेकोमा वि.संं.२०४५ साल श्रावण १ गते देखि कम्पनी ऐन अन्तर्गत औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड स्थापना भएपश्चात लिमिटेड अन्तर्गत सञ्चालन भईरहेको छ । गण्डकी प्रदेश, पोखरा महानगरपालिका वडा नं. १०, पृथ्वी लोकमार्गसँग जोडिएको र निर्माण सम्पन्न भएको क्षेत्रिय अन्तराष्टि?य विमानस्थलबाट करिब १ कि.मी.मात्रको दुरीमा रहेको साथै देशको राजधानी काठमाण्डौबाट २०० कि.मी.मात्र टाढा रहेको माछापुच्छे हिमालको काखमा अवस्थित पर्यटकिय नगरी भएकोले पनि व्यापारिक दृष्टकोणले उद्योगको विकासको लागि सम्भावनायुक्त स्थलकोरुपमा रहेको छ ।
हाल यस औद्योगिक क्षेत्रभित्र देशकै पहिलो चाउचाउ (रारा) यसै क्षेत्रभित्र उत्पादन भई रहेको छ भने देश कै महत्वपुर्ण धुलो दूध उत्पादनसमेत गर्ने उद्योग यहि क्षेत्रभित्र सञ्चालनमा छ । यसै गरी मानव स्वास्थ्यका लागि अत्यावश्यक बस्तुुहरु जस्तै अक्सिजन ग्यास, प्रशोधित पानी साथै जलविद्युत परियोजनाहरुका लागि आवश्यक पर्ने ठुला निर्माण सामाग्री पेनस्टक पाईप जस्ता बस्तुहरु उत्पादन हुने गरेको छ । समग्रमा फोहरलाई मोहर बनाउन सहयोग गर्ने प्लाष्टिक रिसाइकल गर्ने उद्योग, भान्सामा प्रयोग हुने मर मसला बनाउने उद्योग देखि विस्कुट, म्याकरोनी, पाउरोटी, गेडागुडी प्रशोधन, च्युरा भुजा उत्पादन गर्ने खाद्य उद्योग, पशुपन्क्षीको दाना, ह्याचरी लगायत जुत्ता चप्पल, सिरक डस्ना, निर्माण सामाग्री जस्तै ब्लक, मेटल फेब्रिकेशन, ह्युम पाइप, टान्सफरमर उत्पादन तथा मर्मत गर्ने, विजुलीको तारहरु बनाउने उद्योग र चौविसै घण्टा उपलब्ध हुने गुणस्तरीय डेरीजन्य दुध दही, आइसक्रिम, पनिर आदि पनि उत्पादन गर्ने उद्योगहरु यस क्षेत्रमा सञ्चालनमा रहेका छन् । साथै, बैकिड. सेवाका लागि श्री लक्ष्मी बैंक लि.को शाखा, सुरक्षा सेवा अन्तर्गत सशस्त्र प्रहरीबलको वेश र क्षेत्रको प्रवेशद्वारमा नेपाल प्रहरीको पोष्ट पनि रहेको छ ।
समग्रमा उद्योगको लागि आवश्यक न्युनतम भौतिक पुर्वाधारहरु विकसित जमिन, बाटोढल, औद्योगिक भवन, ५००० के.भि.ए.को विद्युत क्षमता, २,५०,००० लिटर क्षमताको होभरहेड पानी टैकीबाट निर्वाध वितरण, बैंकिé एवं सुरक्षा सेवा एकै ठाउमा उपलब्ध भएकोले करिब ४७२ रोपनी(जग्गाधनी प्रमाणपुर्जामा भएको) जमिनको पुर्ण सदुपयोग भएको छ जस्मा हाल ८६ वटा उद्योग तथा सहयोगी संघ संस्थाहरु रहेकोमा सबै ७७ वटा उद्योगहरु सञ्चालनमा रहेकोले यो औद्योगिक क्षेत्र प्रदेशकै औद्योगिक हबको रुपमा रहेको भन्न सकिन्छ । यस क्षेत्रले राज्यलाई वार्षिक करिब ५० करोड बढीको राजश्वमा योगदान गर्ने गरेको छ भने करिब ३००० लाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको छ । क्षेत्रको तर्फबाट स्थापना कालमा करिब ७ करोड र उद्योगको तर्फबाट करिब ४०० करोडको लगानी रहेकोछ ।