महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व पञ्चमी - ५

हेटौडा औद्योगिक क्षेत्रको परिचय

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड

शाखा कार्यालय

हेटौंडा औद्योगिक क्षेत्र

संक्षिप्त परिचय

औद्योगिकिकरणको माध्यमबाट मुलुकको आर्थिक विकासका लागि आवश्यक पर्ने आधारभुत पुर्वाधारहरु जमिन, औद्योगिक भवन, सडक, विद्युत, पानी, ढल तथा अन्य सुविधाहरु एकै स्थानमा उपलव्ध गराउने उद्देश्य राखी संयुक्त राज्य अमेरिका सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा औद्योगिक क्षेत्र निर्माण कार्य शुरू गरी बि.स.२०२० मंसिर २० गते हेटौंडा औद्योगिक क्षेत्र स्थापना भएको हो । यो औद्योगिक क्षेत्र मुलुकको सबैभन्दा ठुलो व्यापारिक नाका बीरगञ्ज र राजधानी काठमाण्डौंको मध्यभागमा अवस्थित मकवानपुर जिल्लाको त्रिभुवन राजपथ र पुर्व पश्चिम (महेन्द्र) लोकमार्गसंगै जोडिएको तथा दक्षिणतर्फको चुरे वन क्षेत्रको काखमा रहेको छ । नेपालमा स्थापित औद्योगिक क्षेत्रहरुमध्ये हालसम्मको सवैभन्दा ठुलो क्षेत्रफलमा रहेको यो औद्योगिक क्षेत्र करिव ३२२८ रोपनीमा फैलिएको छ ।

तत्कालिन अवस्थामा मुलुकलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन औद्योगिककरण गर्नु प्रमुख आवश्यकता रहेकोमा उद्योग स्थापना गर्न आवश्यक औद्योगिक पुर्वाधारमा ठुलो आर्थिक लगानी गर्नुपर्ने हुंदा न्यून आय भएका उद्यमीहरु उद्योग धन्दातर्फ आकर्षित नभएकाले औद्यागिक वातावरण निर्माण गर्न एवं औद्योगिकिकरणलाई टेवा पु¥याउन नेपाल सरकारको अनु"रोधमा चूरे वन क्षेत्रलाई फडानी गरी संयुक्त राज्य अमेरिकाको नेपालस्थित अमेरिकी सहयोग नियोग (USAID)को सहयोगमा यो औद्योगिक क्षेत्र विधिवत् रुपमा स्थापना भएको थियो प्रारम्भिक अवस्थामा यस औद्योगिक क्षेत्र परियोजनाका रुपमा नेपाल औद्योगिक विकास निगम अन्तर्गत संचालित रहेकोमा वि.स.२०३१ सालदेखि विकास समितिअन्तर्गत गठित औद्योगिक सेवा केन्द्र र वि.स.२०४५ श्रावण १ देखि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गत रही उद्योगहरुलाई सेवा प्रदान गर्दै आएको छ । यस औद्योगिक क्षेत्रमा विशेष गरी ठुला तथा मझौला र वहुराष्ट्रिय लगानीमा स्थापित उद्योगहरु संचालन हुदै आएका छन ।

यस औद्योगिक क्षेत्रमा फराकिलो सडक बाटो, खानेपानीको राम्रो प्रबन्ध, खेलकुद मैदान तथा कभर्ड हल, चमेना गृह, बैंक, स्कुल, हुलाक, स्वास्थ्य उपचार केन्द्र लगायत कर्मचारी आवासको व्यवस्था छ । साथै केही उद्योगलाई उद्योगको आवास निर्माण गर्न आवश्यक मात्रामा जमिन उपलब्ध गराईएको छ भने केहीलाई कार्यालयबाट निर्मित टेनामेण्ट क्वाटर भवन उपलब्ध गराईएको छ ।

क्षेत्रभित्र संचालित विभिन्न उद्योगहरुबाट निस्कने फोहोर तरल पदार्थबाट खोला तथा आसपासका मानव बस्तीलाई प्रभावित हुन नदिन त्यस्ता फोहोर पदार्थलाई प्रशोधन गर्नका लागि नेपाल सरकार र डेनमार्क सरकारको सहयोगमा प्रदुषित पानी उपचार संयन्त्र (Waste Water Treatment Plant) निर्माण भई सो संयन्त्र संचालन भईरहेको छ । दैनिक ११ लाख लिटर फोहर पानी प्रशोधन गर्न सक्ने क्षमता राख्ने यो प्लान्ट फोहर पानी प्रशोधन गर्नका निमित्त ११ वटा पोखरी निर्माण गरिएको छ भने फोहोरपानी प्रशोधन गर्न -Natural Stabilization Pond System)को प्रविधि अवलम्बन गरिएको छ । यसको संचालन तथा व्यवस्थापन शाखा कार्यालय हेटौडा औद्योगिक क्षेत्र मातहत एउटा समिति गठन गरि सोही समितिले गर्ने गरेको छ ।

मुख्य (मुख्य कार्यहरु)

हेटौडा औद्योगिक क्षेत्रको (एक झलक)

स्थापना

:- २०२० मंसिर २०

जग्गाको क्षेत्रफल

:- ३२२७.३८ रोपनी

विकसित

:- २८००.९० रोपनी

अविकसित तथा ग्रिनवेल्ट तथा सम्झौता रद्द भएको 1 वटा उद्योग समेतको

:- 521.65 रोपनी

भाडामा दिएको

:- 1837.25 रोपनी

भाडामा लगाउन प्रस्ताव आव्हान भएको

:- 23.74 रोपनी

खाली जमिनः

:- २६.५२ रोपनी

सम्झौता रद्द भई कारवाहीको क्रममा रहेको

:-111.36 रोपनी

खारेज हेटौडा कपडा उद्योगले ओगटेको

:-179 रोपनी

यूटिलिटी सेवाले ओगटेको

:- 555 रोपनी

कार्यालयबाट निर्मित औद्योगिक भवनहरुः

:- १०

गोदामः

:- ११

अन्य भवनहरु

:- ३४

उद्योगमा रोजगारी संख्या

:- ४,५००

व्यवस्थापन कार्यालयको स्वीकृत जनशक्ति

:- 41 (करार सेवा समेत)

उद्योग प्रतिष्ठानहरुको वर्तमान अवस्था :-

जम्मा उद्योग÷प्रतिष्ठान

:- 143

उद्योग संख्याः

:- 130

चालु उद्योग

:- 112

निर्माणाधिन उद्योग

:- 11

वन्द उद्योग

:- 7

अन्य सरकारी÷गैह् सरकारी संघ÷संस्था

:- १३

विद्युत्त क्षमता

:- 13 एम.भि.ए.

पानी क्षमता

:- 1500 कि.लि. (प्रति दिन)

फोहर पानी प्रशोधन संयन्त्र क्षमता

:- 1100 क्यु.मि. (प्रति दिन)

सडक

:- 19 कि.मि.

लगानी

निजी क्षेत्रको तर्फबाट

:- 600 करोड (करिव)

सरकारी क्षेत्रको तर्फबाट

:- 93 करोड (करिव)