वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व पञ्चमी - ५
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड
शाखा कार्यालय
बुटवल औद्योगिक क्षेत्र
संक्षिप्त परिचय
नेपाल सरका/को आफ्नै लगानीमा आफ्नै मोडल र जनशक्तिबाट वि.स.२०३२ सालमा स्थापित बुटवल औद्योगिक क्षेत्र लुम्बिनी प्रदेश जिल्ला रुपन्देही, बुटवलमा अवस्थित रहेको छ । यस औद्योगिक क्षेत्रको पुर्वमा सुखौरा खोला, पश्चिममा नेपाली सेनाको व्यारेक, उत्तरमा पुव(पश्चिम राजमार्ग तथा शिवनगर सामुदायिक वन, दक्षिणमा रामनगर सामुदायीक वन पर्दछ । यो औद्योगिक क्षेत्र पुर्वपश्चिम राजमार्गको दक्षिण तर्फ बुटवल उपमहानगरपालिका वडा नं.१० रामनगरमा अवस्थित छ ।
नेपालको लुम्बिनी प्रदेशको ठुलो आर्थिक राजधानी बुटवलमा रहेको यस औद्योगिक क्षेत्रबाट बुटवलको मुख्यबजार लगभग ३ किलो मिटर, भैरहवा व्यपारिक नाका २६ किलोमिटर, भारतको सुनौली नाका २८ किलोमिटर तथा यस औद्योगिक क्षेत्रबाट ४५ किलो मिटरको दुरीमा नेपालको पवित्र धार्मिक स्थल लुम्बिनी पर्ने भएकाले यसको छुट्टै महत्व छ । यस क्षेत्रमा विशेष गरी फलामजन्य निर्माण सामग्रीहरुको बाहुल्यता रहेको छ । क्षेत्रमा उत्पादित सामग्रीहरूमाः झोलुé] पुल, हाइड«f]पावरका निर्माण सामाग्री, विद्युतीय सामग्री, फलामे पोल, केवल, तार, स्वीच बोर्ड, लिष्टी, काष्ट आईरनका सामान प्लास्ट«Lकजन्य सामानहरु कुर्सी, डस्टवीन, पाईप, पाईप फिटिé सामाग्री, जर्किन, डिव्वा, डोरी, ढलान सिट, झोला फित्ता स्टील तथा पित्तलका भाडाकुडा, सावुन तथा कपडा, फाईवर सिट, पेचकिल्ला, सिमेन्टका बिद्युत पोल, ह्युम पाईप, मोटरसाईकलका हेल्मेट, लेगार्ड, दुध तथा दुग्धजन्य पदार्थ, मसला समेत उत्पादन भैरहेको छ ।
उद्योगहरूबाट हालै प्राप्त तथ्यांक अनुसार यस औद्योगिक क्षेत्रमा २ अर्ब ३१ करोड निजी क्षेत्रको लगानी रहेको छ । औद्योगिक क्षेत्रले २०४२ जनालाई प्रत्यक्ष रोजगार प्रदान गरेको छ । क्षेत्रस्थित उद्योगबाट नेपाल सरकारलाई करीव रू.३५ करोड २० लाख राजस्वमा योगदान पु¥याएको अवस्था छ ।
बुटवल औद्योगिक क्षेत्र
स्थापना |
:- २०३२ साल फाल्गुन ५ गते । |
क्षेत्रफल |
:- ४३४ रोपनी |
बिकसित जमिन |
:-४३४ रोपनी |
लिजमा दिइएको जमिन |
:- 383.61 रोपनी |
बुटवल औद्योगिक क्षेत्र उद्योग संघ |
:- ०.६९ रोपनी |
युटिलिटि सेवाले ओगटेको जमिन |
:- ६०.०७ रोपनी |
लिजमा दिन बांकी जमिन |
:- नभएको |
लिजमा दिएको भवनको क्षेत्रफल |
:- १५,६५४.४८ वर्गफिट |
लिजमा गोदाम भवनको क्षेत्रफल |
:- ४९६५.७२ वर्गफिट |
रोजगारी संख्या (जम्मा) |
:- २०४२ जना |
महिला |
:- ४८७ |
पुरुष |
:- १५३४ |
क्षेत्र व्यवस्थापन कार्यालयमा कार्यरत |
:- 17 |
बिद्युत्त क्षमता |
:- 7००० केभिए |
पानी क्षमता |
:- 3५० कि.लि.प्रतिदिन |
सडक विस्तार |
:- २.१४ कि.मी. |
लगानी
सरकारी क्षेत्रको |
:- रु. १.७९ करोड |
निजी क्षेत्रको |
:- रु. २ अर्व ३१ करोड |
जम्मा उद्योग संख्या |
:- 69 |
चालु उद्योग |
:- ६6 |
निर्माणाधिन उद्योग |
:- |
वन्द उद्योग |
:- 3 |
अन्य संघ÷संस्था |
:- २ (औ.क्षे.उद्योग संघ, चमेनागृह) |
उत्पादन क्षमता (बार्षिक) |
:- रु.४ अर्व २८ करोड (अनुमानित) |
राजश्वमा योगदान (बार्षिक) |
:- रु.५६ करोड २० लाख |
नोट : मालपोत कार्यालयबाट प्राप्त जग्गाधनी प्रमाणपूर्जा अनुसार कुल क्षेत्रफल 33.5 बिगाहा(434 रोपनी) रहेको देखिन्छ । साविकमा क्षेत्रबाट 374 रोपनी बिलिङ्ग भएको तर केन्द्रीय कार्यालयको च नं.663/080/081 मिति 2080/07/15 को पत्रानुसार संचालक समितिको निर्णय नं. 2361 अनुसार श्री बुटवल उपमहानगरपालिकाले लिजमा लिएको 28 रोपनी क्षेत्रफल संशोधन भई 38.86 रोपनी कायम भएकोले गत आ व बाट 383.61 रोपनी बिलिङ्ग भएको छ । युटिलिटी सेवाले ओगटेको जमिन घटवढ भएको पनि छैन । जग्गाधनी प्रमाणपूर्जाबाट यताउता जान पनि नसकिने,टोपोग्राफीबाट यकिन भएको 466 रोपनी क्षेत्रफल पनि आधिकारिक नभएकोले आवश्यक निर्देशनका लागि अनुरोध गर्दछौं ।
सेवाहरुः