महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व पञ्चमी - ५

बालाजु औद्योगिक क्षेत्रको परिचय

संक्षिप्त परिचय

बालाजु औद्योगिक क्षेत्र मुलुककै पहिलो औद्योगिक क्षेत्र हो ।औद्योगिकिकरणको माध्यमबा मुलुकमा आर्थिक विकास गर्ने उद्देश्यले वि.स. 2016 साल फाल्गुण ५ गते बालाजु औद्योगिक क्षेत्रको शिलान्यास तत्कालिन राजा श्री महेन्द्र वीरविक्रम शाहबा भएको थियो भने वि.स.2020 साल जेष्ठ 19 गते यस औद्योगिक क्षेत्रको समुदघाटन भएको हो । अमेरिकी सरकारको आर्थिक तथा प्राविधिक सहयोग नेपाल सरकारको संयुक्त सहयोगमा यस औद्योगिक क्षेत्रको स्थापना भएको हो । उद्योगहरूको लागि आवश्यक पर्ने आधारभूत भौतिक पूर्वाधारहरू जस्तै: जमिन, औद्योगिक भवन, , विद्युत, पानी, ल तथा अन्य सुविधाहरू एकै ठाँउमा उपलव्ध गराउने उद्देश्यले औद्योगिक क्षेत्रको शुरुवात यसै औद्योगिक क्षेत्रको स्थापनाबा भएको हो । यस औद्योगिक क्षेत्र काठमाण्डौं महानगरपालिकाको वडा नं. 16 मा रहेको ऐतिहासिक बालाजु बाइसधारासँगै जोडिएर रहेको पुर्वमा विष्णुमति खोला, पश्चिममा बनस्थली हाइट, उत्तरमा बालाजु बाइसधारा र दक्षिणमा बनस्थली क्षेत्र चारकिल्लाभित्र रहेको यस औद्योगिक क्षेत्र 670 रोपनी क्षेत्रफलमा फैलिएर रहेको छ । प्रारम्भिक अवस्थामा यस औद्योगिक क्षेत्र परियोजनाका रुपमा नेपाल औद्योगिक विकास निगम अन्तर्गत संचालित रहेकोमा वि.सं. 2031 साल देखि विकास समिति अन्तर्गत गठित औद्योगिक सेवा केन्द्रबाट सञ्चालन हुदै आएको र वि.सं. 2045 साल श्रावण १ गतेदेखि नेपाल सरकारको स्वामित्वमा रहेको औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडबाट सञ्चालन हुंदै आएको छ । यस औद्योगिक क्षेत्रमा उत्पादनमूलक उद्योगको बाहुल्यता रहेको छ ।जम्मा उद्योगसंख्या 135 मध्ये 130 वटा उद्योग सञ्चालनमा रहेका छन् । 3 वटा उद्योगहरु निर्माणाधिन अवस्थामा , 1 वटा उद्योग उद्योगकै आन्तरिक कारणले गर्दा बन्द अवस्थामा रहेको र 1 उद्योगको सम्झौता खारेज गरिएको छ । बन्द अवस्थामा रहेका उद्योग चांडै सञ्चालन हुने तर्फ कारवाही भइसकेको छ ।

साथै यस बालाजु औद्योगिक क्षेत्रको मूल प्रवेशद्वारसंगै रहेको साविकको गोलघर भएको ठाँउमा पाँचतले प्रशासनिक भवनको मिति 2076 मा निर्माण कार्य भई सो भवनको पाँचौ तलामा यस औद्योगिक क्षेत्र व्यबस्थापन लि. को शाखा कार्यालय बालाजु औद्योगिक क्षेत्रको कार्यालय स्थापना भई प्रशासनिक कार्य सञ्चालन भइरहेको छ ।उक्त भवनको भुंइ तला (Ground Flower) मा औद्योगिक क्षेत्र भित्रका उद्योगहरुबाट उत्पादित वस्तुहरुको प्रदर्शनी (Display) का लागि प्राथमिकता दिई बहालमा लगाउने प्रकृया अघि बढेको छ । पहिलो, दोश्रो, तलामा नेपाल सरकारको आन्तरिक राजश्व कार्यालय रहेको छ ।तेश्रो र चौथो तला पनि बहालमा उपलब्ध गराउने प्रक्रिया अघि बढी सकेको छ ।

संक्षिप्त झलक

शिलान्यास : वि.सं. 2016 फाल्गुण ५ गते

उद्घधाटन : वि.सं. 2020 जेष्ठ 19 गते

जग्गाको क्षेत्रफल : 670 रोपनी

विकसित जमीन : 670 रोपनी

लिजमा दिएको : 540.55 रोपनी

युटिलिटी सेवाहरुले ओगटेको : 129.45 रोपनी

कार्यालयद्धारा निर्मित औद्योगिक भवन : 44

गोदाम : 20

अन्य भवनहरु ग्यारेजसहित : 23

लगानी रु. करोडमा:

औद्योगिक क्षेत्रको तर्फबाट : 27 अर्ब

निजी क्षेत्रको तर्फबाट : 400 अर्ब अनुमानित

रोजगारी संख्या : 5000 अनुमानित

कार्यालयको जनशक्ति : 33

उद्योग प्रतिष्ठानहरुको विवरण

जम्मा उद्योग प्रतिष्ठान : 146

सञ्चालनमा रहेका उद्योगहरु : 130

निर्माणाधिन उद्योगहरु : 3

बन्द उद्योगहरु : 1

सम्झौता रद्ध उद्योग : 1

अन्य संघ संस्थाहरु : 11

विद्युत क्षमता : 15000 के.भि.ए.

एच.टि. लाइन कि.मि. : 2.5 कि.मि.

एल.टि. लाइन कि.मि. : 7 कि.मि.

पानी क्षमता : 787 कि.लि. दैनिक

सडक : 5.35 कि.मि.

कालो पत्रे : 5.2 कि.मि.

कच्ची : 150 मि.

­­­­­

क्षेत्र व्यवस्थापन कार्यालयद्वारा प्रदान गरिने सेवा तथा सुविधाहरू:-

यस कार्यालयले उद्योगहरुलाई आवश्यक पर्ने आधारभुत पूर्वाधारहरु जमीन, औद्योगिक भवन, गोदाम, विद्युत, पानी, सडक, ढल आदि सुविधा उपलव्धगराउंदै आएको छ भने विभिन्न निकायहरुसंग समन्वय गरी क्षेत्रभित्र बैंक, स्वास्थ्य क्लिनिक, दिवा शिशु स्याहार केन्द्र, औद्योगिक सुरक्षाबल, खेलकुद गृह लगायतका सुविधाहरु उपलब्ध गराउंदै आएको छ ।

जमिन तथा भवन बहाल महशुल:-

उत्पादनमूलक उद्योगको लागि जग्गा प्रति रोपनी प्रतिवर्ष

भवन प्रति वर्गफुट प्रति महिना (रु.)

औद्योगिक भवन (रो.)

गोदाम

रु.108547।74

रु.3।71

रु.22।82 (2081 कार्तिक देखि)

उत्पादनमूलक उद्योगको लागि प्रवेश शुल्क:-

जमीन

रु.50,000।00 प्रति रोपनी (एक पटक)

भवन

रु.15। प्रति वर्गफिट (एक पटक)

नविकरण शुल्क

प्रवेश शुल्कको 60 प्रतिशत

विद्युत महशुल

नेपाल विद्युत प्राधिकरणको महशुल दर सरह

पानी महशुल

काठमाण्डौं उपत्यका खानेपानी लि.को महशुलदर सरह

निर्माण शुल्क

रु.10।प्रति वर्गफिट

समूह (१) मा पर्ने प्रतिरोपनीप्रतिवर्ष(रू.)

समूह (२) मा पर्ने प्रतिरोपनीप्रतिवर्ष(रू.)

समूह (३) मा पर्ने प्रतिरोपनीप्रतिवर्ष(रू.)

160811।48

241217।22

402028।69

उल्लेखितबहालदर प्रत्येक २/२ वर्षमा 10 प्रतिशतका दरले वृद्धि हुनेछ।

जमीन

रु.4428।91 प्रति आना प्रति महिना

प्रवेश शुल्क

रु.1,00,000।00

(* गैह्र उत्पादनमूलक उद्योग अन्तर्गत समूह (१),(२) र(३) मा पर्ने उद्योगहरुको विभाजन देहायबमोजिम छ )

क) समूह (१) मा पर्ने उद्योगहरु :-

१. शीतभण्डार गर्ने उद्योग ।

२. क्षेत्रस्थित उद्योगबाट उत्पादित वस्तुहरुको प्रदर्शनी तथा बिक्रीकक्ष संचालन गर्ने ।

ख) समूह (२) मा पर्ने उद्योगहरु :-

१. सबै प्रकारका सवारी साधन मर्मत गर्ने,

२. सरकारी स्वामित्व प्राप्त कार्यालय, वा कम्पनी, गैह सरकारी संघ संस्था कार्यालय वा निकायहरु ।

ग) समूह (३) मा पर्ने उद्योगहरु तथा जग्गाहरु:-

१. सबै प्रकारका शिक्षण संस्था

२. व्यवसायिक तालिम तथा प्रशिक्षण दिने उद्योग (सरकारी स्वामित्वबाहेक) र सवारी साधन मर्मत

सम्वन्धी प्रशिक्षण दिने ।

३. वाणिज्य तथा विकास बैंक वित्त कम्पनी, सरकारी संस्था,

४. चलचित्र उद्योग

५. अस्पताल ।

६. औद्योगिक प्रयोजनको लागि उपलब्ध गराईएको जग्गामा आवाश प्रयोजनका लागि (चौकिदार, पाले तथा सुरक्षाकर्मी बाहेक) प्रयोग भएको पाइएमा त्यस्तो जग्गा ।

7. इन्धन बिक्री केन्द्र