वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व पञ्चमी - ५
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड
शाखा कार्यालय
नेपालगञ्ज औद्योगिक क्षेत्र
संक्षिप्त परिचय:
लुम्विनि प्रदेश,कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशको मुख्य प्रवेशद्धारको रुपमा रहेको व्यापारिक तथा औद्योगिक नगरी नेपालगञ्ज उप-महानगरपालिका १० मा अवस्थित नेपालगञ्ज औद्योगिक क्षेत्र वि.स. २०३० सालमा मित्र राष्ट्र भारत सरकारको सहयोगमा स्थापना भएको हो ।स्थापनाको शुरु वर्षमा नेपाल सरकार उद्योग विभाग तथा वि.स.२०३१ सालमा विकास समिति ऐन अन्तर्गत गठित औद्योगिक सेवा केन्द्रबाट संचालन तथा व्यवस्थापन हुने गरेको यो औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडबाट संचालन तथा व्यवस्थापन हुदै आईरहेको छ ।
काठमाडौ पछि सबैभन्दा बढी उडान भर्ने विमानस्थल हुनु, भारतसंग भौगोलिक सिमाना जोडिनु, यसको उत्तरतर्फ रहेका विभिन्न पहाडी जिल्लाहरुको साथै सिङ्गो कर्णाली प्रदेशको निकासका रुपमा हुनु र पर्याप्त उर्बर जमिनको कारण ऐतिहासिक काल देखि नै नेपालगञ्ज एउटा व्यापारिक, औद्योगिक तथा प्रशासनिक क्रियाकलापको केन्द्र बिन्दु रहदै आएको छ ।
स्थानीय स्तरमा उपलब्ध साधन र श्रोतलाई औद्योगिक उत्पादनतर्फ समाहित गर्दै औद्योगिकीकरणको माध्यमबाट क्षेत्रिय सन्तुलित आर्थिक विकास गर्ने उद्देश्य राखी स्थापना भएको यो औद्योगिक क्षेत्र आफ्नो उद्देश्यमा खरो उत्रिन सफल भएको छ । यसको स्थापना पश्चात औद्योगिक उत्पादनमा वृद्धि भई मानिसको आर्थिकस्तर अभिवृद्धि गर्नमा ठूलो टेवा पुगेको छ । समग्र बाँके जिल्लाको औद्योगिक विकासमा यसको अग्रणी भूमिका रहेको कुरामा कुनै सन्देह गर्ने ठाँउ छैन ।
पूर्ण क्षमतामा सञ्चालित यो औद्योगिक क्षेत्रभित्र विभिन्न किसिमका वस्तु तथा सेवाको उत्पादन हुने गरेको छ । यस क्षेत्रको मुख्य उत्पादनहरु तामा पित्तल, काँस, आल्मुनियमका चक्का पाता तथा भाँडावर्तन, प्लाईउड, स्टिल फेब्रिकेशन, खाद्य सामाग्री, विद्युतका तार, पिउने पानी, साबुन, सरफ, रंगरोगन, ट्रास्फर्मर मर्मत तथा उत्पादन, दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने शिक्षालय, फेब्रिकेटिङ वर्कशप, प्लाष्टिकका बोतल, जर्किन, ड्रम, तथा बट्टाहरु आदि रहेका छन ।
सरकारको २.७४ करोड लगानी रहेको उक्त औद्योगिक क्षेत्रमा निजी क्षेत्रहरुको भने १.७० करोड लगानी रहेको छ । उक्त औद्योगिक क्षेत्रमा ३४ वटा उद्योगहरु रहेका छन । जसमा ३१ वटा चालु अवस्थामा छन् भने ३ वटा बन्द रहेका छन ।संघ/संस्था र प्रतिष्ठानहरु 3 वटा रहेका छन्।
पृष्ठभुमी:
स्थापना |
:-वि.स.२०३० साल (भारत सरकारको सहयोग) |
क्षेत्रफल |
:- २३३ रोपनी |
बहालमा दिएको जमिन |
:- १८6.07 |
युटिलिटी सेवाले ओगटेको जमिन |
:- ४6.93 |
सडक |
:- २.३४ कि.मि. |
ढल |
:- ३३१२.१२मि. |
विद्युत क्षमता |
:- १९०० के.भि.ए. |
पानी क्षमता |
:- २०० कि.लि.(प्रतिदिन) |
क्षेत्रबाट निर्मित कारखाना /औद्योगिक भवन |
:- २२ वटा |
गोदाम |
:- ६ वटा |
क्षेत्रबाट निर्मित व्यवसायिक सटर |
:- २२ वटा |
क्षेत्रभित्रका उद्योगहरुको उपलब्ध सेवा तथा सुविधाहरुः
नोट: माथिका उल्लेखित विवरण अध्यावधिक मिति २०८२।०१।१२ गते (Latest Update)