महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व पञ्चमी - ५

परिचय

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड

केन्द्रीय कार्यालय

पृष्ठभूमि

औद्योगिक विकास गर्नका लागि उद्योगहरुलाई आवश्यक पर्ने आधारभुत पूर्वाधारहरु जमिन, औद्योगिक भवन, सडक, विद्युत, पानी, ढल तथा अन्य सुविधाहरु एकै ठाउमा उपलब्ध गराउने उद्देश्यले वि.स.२०१६ सालमा बालाजु औद्योगिक क्षेत्रको शिलान्यास गरी नेपाल सरकार तथा अमेरिकी सरकारको सहयोगमा औद्योगिक क्षेत्र स्थापनाको शुरुवात गरिएको हो । देशको भौगोलिक तथा क्षेत्रीय आर्थिक सन्तुलनलाई समेत ध्यान दिई स्थानीय लगानी, श्रम शीप तथा कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहित गर्न तथा औद्योगिक प्रवर्द्धन गर्न नेपाल सरकार स्वयं एवं विभिन्न मित्र राष्ट्रहरुको सहयोगबाट देशको विभिन्न ठाउँहरुमा औद्योगिक क्षेत्रहरुको स्थापना हुदै गयो । देशभित्र स्थापना गरिएका औद्योगिक क्षेत्रहरुको व्यवस्थापन पक्षलाई व्यवस्थित, एकिकृत रुपमा समन्वय र सम्पादन गर्न तथा नयाँ औद्योगिक स्थापनाको लागि सम्भाव्यता अध्ययन गरी सम्भाव्य देखिएका स्थानमा सो सम्वन्धी कार्य गर्नका लागि कम्पनी ऐन अन्तर्गत गठन भई २०४५ श्रावण १ गते देखि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड संचालनमा आएको हो ।नेपाल सरकारको नीति अनुरुप यस कम्पनीले औद्योगिक प्रवर्द्धन र उद्योगलाई सेवा दिने निकायको रुपमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आईरहेको छ ।

मुलुकको विभिन्न स्थानमा हाल १० वटा औद्योगिक क्षेत्रहरु संचालितछन् । प्रत्येक प्रदेशमा ठुला आकारका कम्तीमा एक-एक वटा औद्योगिक क्षेत्र स्थापनागर्ने नेपाल सरकारको नीति अनुसार विभिन्न थप ६ स्थानमा नयाँ औद्योगिक क्षेत्र घोषणा भई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा भौतिक संरचनाको (पहुंचमार्ग तथा सिमाना घेरावार) निर्माण कार्य भईरहेको छ भने र थप ५ स्थानमा पूर्व सम्भाव्यता÷सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन बनाउने तथा वातावरणीय प्रभाव मुल्याङ्कन लगायतका कार्यहरु भई रहेका छन । सो कार्यहरु सम्पन्न भएपछि औद्योगिक क्षेत्र घोषणा सम्बन्धी कार्यहरु अघि बढ्नेछ ।

संगठनको स्वरुपः

यस कम्पनीको नीतिगत तथा व्यवस्थापन कार्यालय सुचारु रुपले संचालन गर्न गठित संचालक समितिमा हाल देहाय बमोजिमका सदस्यहरु रहने व्यवस्था छ ।

नेपाल सरकारले नियुक्त गरेको व्यक्ति

अध्यक्ष

2

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रतिनिधि

सदस्य

3

अर्थ मन्त्रालयको प्रतिनिधि

सदस्य

4

उर्जा, जल श्रोत तथा सिचार्ई मन्त्रालयको प्रतिनिधि

सदस्य

5

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको अध्यक्ष÷प्रतिनिधि

सदस्य

6

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड महाप्रवन्धक

सदस्य-सचिव

यस कम्पनीको दैनिक कार्य सम्पादन गर्नको लागि केन्द्रीय कार्यालयमा योजना तथा विकास, संचालन, प्रशासन तथा वित्त विभाग र आन्तरिक लेखा परीक्षण महाशाखाको व्यवस्था गरिएको छ ।औद्योगिक क्षेत्रहरुको आकार तथा कार्य बोझको आधारमा क्षेत्र व्यवस्थापन कार्यालयहरुमा तह ७ देखि तह ९ सम्मका कार्यालय प्रमुख÷क्षेत्र प्रबन्धक÷क्षेत्र व्यवस्थापक रहने व्यवस्था छ । व्यवस्थापनमा दक्ष तथा अनुभवि प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुले सेवा प्रदान गर्दै आईरहेका छन ।

लिमिटेडका मुख्य कार्यहरु:

क्षेत्र व्यवस्थापन कार्यालयहरु द्वारा प्रदान गरिने सेवाहरुः

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयहरुले क्षेत्र भित्र उद्योग स्थापना तथा संचालनका लागि जमिन, भवन, गोदाम, विद्युत तथा पानी, सडक, ढल जस्ता अत्यावश्यक पूर्वाधारहरु उपलब्ध गराउँदै आएको छन । बैंक, हुलाक, वर्कशप, चिकित्सालय, दिवाशिशु स्याहर केन्द्र चमेना गृह, समिक्षालय, प्रर्दशनिकक्ष, अतिथि गृह, सुरक्षा, सरसफाई जस्ता सुविधा तथा सेवाहरु पनि उपलब्ध छन ।क्षेत्र स्थित उद्योगहरुको सहभागितामा केही थप अन्य सुविधाहरु पनी प्रदान गरिएको छन। यसै गरि उद्योगबाट निस्किने प्रदुषित पानीलाई प्रशोधन गरेर मात्र निकास गर्ने र क्षेत्र भित्रको वातावरण स्वच्छ राख्ने उद्देश्यले डेनमार्क सरकारको सहयोगमा Environment Sector Programme Support (ESPS) अन्तर्गत हेटौडा औद्योगिक क्षेत्रमा एकिकृत प्रदुषित पानी उपचार संयन्त्र (Waste Water Treatment Plant) स्थापना गरी कार्यालयको अगुवाईमा उद्योगिहरु समेतको सहभागितामा छुटै व्यवस्थापन समिति गठन गरी सोको संचालन तथा व्यवस्थापन गरीएको छ । उद्योग कलकारखानाको सुरक्षाको लागि नेपाल सरकारको निर्णयानुसार अधिकांस औद्योगिक क्षेत्रहरुमा सशस्त्रप्रहरी बल अन्तरगतको औद्योगिक सुरक्षाबलको गुल्म÷क्याम्प÷पोष्ट स्थापनाभई सुरक्षा सेवादिई रहेकाछन । अन्यबाँकीऔद्योगिक क्षेत्रहरुमा पनि क्रमिक रुपमा औद्योगिक सुरक्षा बल स्थापनागर्दै जाने लक्ष्य रहेको छ ।